
पोखरा, २२ कात्तिक । पोखरा महानगरपालिका वडा –२२ पुम्दीभुम्दीको लुकुमस्वाँरामा कृषि उपज संकलन तथा बिक्री केन्द्र सञ्चालनमा आएको छ ।
पोखरा महानगरपालिकाको १० लाख रुपैयाँमा निर्मित सो केन्द्रको पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले उद्घाटन गर्दै किसानका उत्पादन संक्रलन गरेर बजारमा बिक्री गर्ने जिम्मा महानगरले लिने बताए ।
उनले उत्पादित तरकारी प्याकेजिङ गरेर ब्राण्डिङ गर्ने काममा सहयोग गर्ने समेत बताए । ‘किसानको प्रतिफल पाउनुपर्छ र उपभोक्ताले पनि सस्तोमा तरकारी पाउने अवस्था सृजना गर्न महानगर तयार छ’ उनले भने ।
पोखरा २२ का वडा अध्यक्ष मित्रलाल बरालले कृषि क्षेत्रको विकासले सम्भव हुने बताउँदै वडामा उत्पादन भएका सामाग्रीले बजार र मूल्य दुवै पाप्त गर्ने बताए ।
महानगर कृषि महाशाखा प्रमुख मनहर कडरियाले किसानले उत्पादन गर्ने वस्तु सोझै उपभोक्ताले खरिद गर्ने गरी किसान बजार सञ्चालनमा ल्याएकोे बताए । उनले केन्द्रमा किसानले ल्याउने वस्तुहरु कुहिन र बिग्रिन नदिन कोलस्टोर समेत व्यवस्था गर्ने बताए ।
सो अवसरमा नेपाली काँग्रेसका नेता खेमराज पौडेलले संकलन गर्नेभन्दा बजारमा बिक्री गर्ने विषयमा ध्यान दिनुपर्ने बताए ।
कृषि सञ्जाल पोखरा २२ का अध्यक्ष खेमराज बरालले किसानले उत्पादन गरेका सामाग्री बिक्री गर्न समस्या रहेकोमा अब केन्द्र स्थापनाले सहज हुने बताए ।






काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



