
काठमाडाैं, २४ कात्तिक । एभरेष्ट बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा खुद मुनाफा ५१.५४ प्रतिशतले घटेको छ । बैकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३३ करोड ४७ लाख मात्रै नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा ६९ करोड ८ लाख खुद नाफा कमाएको थियो । बैंकको वितरणयोग्य मुनाफा १३ करोड ५९ लाख रहेको छ ।
बैंकको खुद ब्याज आम्दानी पनि कम भएको छ। खुद ब्याज आम्दानी २८.५७ प्रतिशतले घटेर १ अर्ब २ करोड रहेको छ । अघिल्लो आर्थिक वर्ष सोहि समयमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ४३ करोड रहेको थियो । बैंकको निक्षेप ९.०६ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब पुगेको छ ।
कर्जा प्रवाह भने ३.३१ प्रतिशतले बढेर १ खर्ब १५ करोड भएको छ। खराब कर्जा पनि ०.१७ प्रतिशतबाट बढेर ०.२२ प्रतिशत भएको छ । बैंकको ८ अर्ब ५१ करोड चुक्ता पुँजी रहेको छ भने जगेडामा १० अर्ब ४४ करोड रहेको छ । बैंकको प्रति शेयर आम्दानी १५.७३ रुपैयाँ, प्रति शेयर कुल मूल्य २२२.७४ रुपैयाँ, आम्दानी अनुपात १६.०५, आधार दर ७.०७ प्रतिशत रहेको छ ।






काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



