
काठमाडौं, ३ मंसिर । सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार दोहोरो अंकले बढेको छ । मंगलबार ४ अर्ब ७९ करोड रुपैयाँ भन्दा धेरैको सेयर कारोबार भएको हो ।
नेप्से परिसूचक २३ दशमलव ३२ अंकले बढेर १ हजार ७ सय ४१ दशमलव ८१ अंकमा पुगेको छ । नेप्से परिसूचक बढ्दा क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२४ प्रतिशत अर्थात ०.८० अंकले घटेको छ ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । दिनभर भएका ४३ हजार ६ सय ७३ कारोबारबाट १९४ कम्पनीका १ करोड १६ लाख ७४ हजार ८ सय ७५ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार मंगलबार ४ अर्ब ७९ करोड १० लाख ४१ हजार ६ सय ४९ रुपैयाँको सेयर किनबेच भएको छ । नेप्सेमा कारोबार हुने ३ उपसमूहहरु बाहेक सबै उकालो लागेका छन् । बैंकिङ उपसमूह १.२८ अंकले, विकास बैंक २०.६ अंकले र हाइड्रोपावर १८.६१ अंकले ओरालो लागेका हुन् ।
सबैभन्दा धेरै व्यापार उपसमूह ९.९८ प्रतिशतले वृद्धि भएको छ भने दोस्रोमा उत्पादनमूलक उपसमूह ६.९४ प्रतिशत अर्थात २ सय ३५ दशमलव ४५ अंकले बढेको छ ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



