तोलामा ७ सयले घट्यो सुनको मूल्य

-



     सफल आवाज    
     मंसिर ४ गते २०७७ मा प्रकाशित



काठमाडाै, ४ मंसिर । सुनको मूल्यमा गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ । सोही कारण आज स्थानीय बजारमा समेत पहेलाे धातुको मूल्य प्रतितोला ७ सयले ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहिबार छापावाला सुन प्रतितोला ९४ हजार ४ सयमा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार १ सयमा कारोवार भएको थियो । बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला ७ सयले घटेको हो ।

त्यसैगरी तेजाबी सुन प्रतितोला ९३ हजार ९ सयमा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९४ हजार ६ सयमा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला एक हजार २ सय १५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २ सय ३० मा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला १५ ले घटेको हो ।