आज पनि सुनचाँदीको मूल्य घट्याे

-



     सफल आवाज    
     मंसिर ५ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ५ मंसिर । आज पनि सुनचाँदीको मूल्य घटेकाे छ । सुन प्रतितोला ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुन प्रतितोला ९४ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएकाे छ । बिहीबार पनि सुन तोलामा ७०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियो ।

चाँदीको मूल्य पनि आज प्रतिताेला पाँच रुपैया घटेकाे छ । चाँदी प्रतिताेला एक हजार २१० रुपैयाँमा काराेबार भएकाे छ । बिहीबार चाँदी प्रतितोला एक हजार २१५ रुपैयाँमा कारोबार भएको महासंघले बताएकाे छ ।