राष्ट्र बैंकले मंगलबार १४ अर्ब ८१ करोडको ट्रेजरी बिल जारी गर्दै

-



     सफल आवाज    
     मंसिर ८ गते २०७७ मा प्रकाशित



काठमाडौं, ८ मंसिर । देशको केन्द्रीय बैंकले मंगलबार १४ अर्ब ८१ करोडको ट्रेजरी बिल जारी गर्दैछ । बैंकले ९१ दिन, १८२ र ३६५ दिन अर्थात १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो । यसका लागि आज दिउँसो २ वजेसम्मका लागि बोलकबोल हुने भएको छ ।

केन्द्रीय बैंकका अनुसार फागुन ११ सम्म परिपक्व हुने ९१ दिनका लागि २ अर्ब २३ करोडको ट्रेजरी बिल जारी गर्न लागिएको हो । यस्तै १८२ दिनको लागि बैंकले १२ अर्ब ४७ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्न लागेको छ । यो २०७८ सालको मंसिर ७ मा परिपक्व हुने जनाईएको छ ।

बैंकले अल्पकालिन समयको लागि श्रोत जुटाउन सरकारले एक वर्षका लागि वा त्योभन्दा कम अवधिका लागि बिल जारी गर्ने गर्दछ । यसका लागि सबै वर्गका बैंक तथा वित्तिय संस्था, संगठित संस्था र सर्वसाधारणहरु बाेलकबोलमा सरिक हुन सक्ने बैंकले जनाएको छ । जस्ले बढी मूल्यमा बोलकबोल गर्छ उही व्यक्ति वा संस्था प्राथमिकतामा पर्ने र बिलको बाँढफाँट हुनेछ ।