आज पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

-



     सफल आवाज    
     मंसिर १० गते २०७७ मा प्रकाशित



काठमाडौं, १० मंसिर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९२ हजार ५ सयले कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजारले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार १७५ रहेको महासंघले जनाएको छ ।