लाइफ इन्स्योरेन्स कर्पोरेशनको लाभांश घोषणा

-



     सफल आवाज    
     मंसिर ११ गते २०७७ मा प्रकाशित



काठमाडौं, ११ मंसिर । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले लाभांश घोषणा गरेको छ । कम्पनी आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको १०.५२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनी संचालक समितिको बुधबार अपरान्ह बसेको बैठकले चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँको १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।