माउन्टेन इनर्जीको आइपीओ बाँडफाँट बुधबारबाट

-



     सफल आवाज    
     मंसिर १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ मंसिर । माउन्टेन इनर्जीको सर्वसाधारणका लागि जारी गरिएको आइपीओ वुधबारबाट बाँडिने भएको छ । कम्पनीको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङले बिक्रीमा ल्याएको आइपीओ वुधाबारबाट बाँडिने जानकारी दिएको हो ।

माउन्टेन इनर्जीमा माग गरिएको भन्दा ७.६१ गुणा बढी शेयर खरिदका लागि आवेदन परेको छ । माउन्टेन इनर्जीले सर्वसाधारणको लागि १८ लाख ३० हजार २६५ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । बिक्रीमा ल्याएको भन्दा सात गुणाभन्दा धेरै १ करोड ३९ लाख ४४ हजार ४१० कित्ता शेयर खरिदका लागि आवेदन परेको हो ।

कम्पनीले ३९ करोड ३६ लाख ५ हजार ४०० रुपैयाँ बराबरको ३९ लाख ३६ हजार ५४ कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो ।

दोश्रो चरणमा सर्वसाधारणका लागि १९ लाख ६८ हजार २७ कित्ता शेयर निष्काशन गरेको थियो । यसमा ३९ हजार ३६१ कित्ता शेयर कर्मचारीलाई र ९८ हजार ४०१ कित्ता सामुहिक लगानी कोषहरुको लागि बाँडिएको छ । बाँकी रहेको १८ लाख ३० हजार २६५ कित्ता शेयर सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो ।