आज सुनको मूल्य १६ सयले बढ्यो

-



     सफल आवाज    
     मंसिर १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ मंसिर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । बुधबार ९१ हजारमा कारोबार भएको सुनको मूल्य आज तोलामा १६ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार १५० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २०५ रहेको महासंघले जनाएको छ ।