सुनको मूल्य आज प्रतितोला ७ सयले घट्यो

-



     सफल आवाज    
     मंसिर २४ गते २०७७ मा प्रकाशित



काठमाडौं, २४ मंसिर । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार ९४ हजार १ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार ४ सय र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार २१५ रहेको महासंघले जनाएको छ ।