
बनेपा, २४ मङ्सिर । पेशाले शिक्षक राजकुमार थापा मगर एउटा सफल कृषकसमेत हुन । जिल्लाका विकट डाँडापारिस्थित महाभारत गाउँपालिका–५ चारकिल्लाका उनले नियमितरुपमा गर्दै आएको मैक, तोरीलगायतका खेतीबाहेक अन्य फलफूल र नगदे बालीको खेती गरेर आम्दानी गर्दै आएका छन् । उनी विद्यालय समयबाहेक बिहान र बेलुका कृषि कार्यमा लागेर आम्दानी गर्दै आएका हुन । उनले नियमितरुपमा गर्दै आएको खेतीबाहेक ५०० बोट कफी खेती गरेका छन् ।
यसपालि मात्रै अहिलेसम्ममा खसीबोकाबाट एक लाख आम्दानी गरेको उनले बताए । “गत वर्ष खसीबोका बेचेर मात्रै एक लाख ५३ हजार लिएको थिएँ”, उनले भने, “यसपालि अलि घट्लाजस्तो छ ।” अर्को नगदेबाली अलैँचीको भनेजस्तो मूल्य नपाएका कारण सबै बेच्न नपाएको उहाँले बताउनुभयो । धनकुटा र इलाममा खेतीसम्बन्धी अवलोकन भ्रमणमा गएर फर्केपछि आफूले खेती थालनी गरेको उनले बताए ।
पहिला हिँडाएर विपी राजमार्गको कटुञ्जे चौकीडाँडासम्म गाडी चढ्न पुग्नपर्ने बाध्यता हटेर गाउँमा नै मोटरबाटो पुगेसँगै दैनिकरुपमा यातायातको साधन चलेसँगै व्यवसाय गर्न सहज भएको उनले बताउनुभयो । कफीबाट पनि उनले पहिलोपटक आम्दानी लिन शुरु गरेको छ । यस वर्ष रु १६ हजारको बिक्री गरेको उनले बताए । कफी र अलैंचीको नर्सरीसमेत राख्न शुरु गरेका उनले बिरुवा बेच्ने तयारीमा रहेको बताए । बाख्रापालनका लागि किम्बु र डालेघाँसको खेतीसमेत गरेका छन् । उनले बारी छेउछाउमा करीब ३०÷३० बोट एभोकाडो बोटसमेत रोपेका छन् ।
गाउँकै ग्रामोन्नति माध्यमिक विद्यालयमा २४ वर्षसम्म शिक्षण पेशा गरिसक्नुभएका उहाँ नमूना कृषक बन्ने सोचका साथ कृषि क्षेत्रमा लागेका छन् । तरकारी र फलफूल खेतीसम्बन्धी पुस्तकहरु अध्ययन गरी व्यावसायिक रुपमा कृषिमा लागेको उनले बताए । जिल्लाको डाँडापारि क्षेत्रमा गाडीको सुविधा पुगेपछि किसानले विभिन्न किसिमका खेती र व्यवसाय गरेर आम्दानी गर्न थालेका छन् ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



