
काठमाडौं, २७ मंसिर । प्रभु लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि मंसिर २९ गतेदेखि शेयर निष्काशन गर्न लागेको छ । सर्वसाधारणले ५४ लाख कित्तामा आवेदन गर्न सक्ने भएका छन् ।
कम्पनीको प्रतिशेयर १०० रुपैयाँको दरले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन हुन लागेको छ । जस्मध्ये ३ लाख कित्ता शेयर कर्मचारीका लागि र ३ लाख कित्ता म्युचुअल फण्डहरुका लागि रहेको छ ।
हिजोआज शेयरमा आकर्षण निकै बढेको देखिएको छ । कतिपय कम्पनीले निष्काशन गरेको आईपीओमा माग भन्दा बढी आवेदन पर्ने गरेकोमा प्रभुको आईपीओ निष्काशनमा पनि उस्तै दृश्य नदेखिएला भन्न सकिन्न । प्रभु इन्स्योरेन्सको शेयर खरिद गर्न चाहने खरिदर्ताले घटीमा १० तथा बढीमा ५ हजारसम्मको शेयर खरिद गर्न सक्ने भएका छन् ।
शेयर खरिदकर्ताहरुले मंसिर २९ देखि पुस २ गतेसम्म आवेदन दिन सक्ने छन् । सो समयमा शेयर बिक्री नभएको खण्डमा पुस १३ गतेससम्म ओवेदन गर्न सकिने भएको छ । चुक्ता पूँजी १ अर्ब ४० करोड रहेको कम्पनीको शेयर बिक्री भएपछि चुक्ता पूँजी २ अर्ब पुग्ने भएको छ ।
प्रभु लाइफ इन्स्योरेन्सकाे बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ ।







काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



