सुनको मूल्य बढ्यो, तोलाको कति ?

-



     सफल आवाज    
     पौष १ गते २०७७ मा प्रकाशित



काठमाडौं, १ पुस । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार ९२ हजार ३ सयमा कारोबार भएको सुनको मूल्य आज तोलामा ८ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १ सय र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार २३० रहेको महासंघले जनाएको छ ।