पोखरा , १६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीको बृहत कार्यकर्ता भेला भोलि पुस १७ गते पोखरामा हुने भएको छ। पार्टिमा स्पस्ट दुइ धार देखिएपछि प्रधानमन्त्री के पि ओलि पक्षले बिहान ११:३० बजे पोखराको सभागृहमा भेला आयोजना गरेको हो ।
भेलालाइ नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, स्थायी कमिटी सदस्य एबम् गण्डकी प्रदेशका मुख्य मन्त्री समेत् रहेका पार्टीका गण्डकी प्रदेशका इन्चार्ज पृथ्वीसुब्बा गुरुङ, स्थायी कमिटी सदस्य एबम् गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ र केन्द्रीय सदस्य , गण्डकीका सह- इन्चार्ज , पुर्ब स्वास्थ्य मन्त्री खगराज अधिकारीले सम्बोधन गर्ने केन्द्रीय सदस्य तथा कास्की अध्यक्ष कृष्ण थापाले जानकारी दिए।
भेलामा कास्कीका सम्पुर्ण नेता कार्यकर्तालाइ उपस्थित हुन थापाले आग्रह गरेका छन् ।






बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार… 



