
लमजुङ, १७ पुस । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पालिकास्तम्भ उद्यान उद्घाटन गरेका छन् । मध्यनेपाल नगरपालिकाको आर्थिक सहयोगमा बेँसीशहर नगरपालिका वडा नं ८ मा रहेको जिल्ला प्रशासन कार्यालय लमजुङ परिसरमा उद्यान बनेको हो ।
नवर्निर्मित उद्यान उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङले स्थानीय तह एकदमै नजीकको सरकार भएकाले शासन सत्तामा प्रत्यक्ष निगरानी गर्न जनतालाई आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले लमजुङ जिल्लाका चारचार नगरपालिका र गाउँपालिकाका साथै जिल्लाको नक्शासहितको उक्त उद्यानको अध्ययनअवलोकनबाट जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राही तथा सम्पूर्ण जिल्लावासीलगायत सबै नागरिकका लागि सूचना प्रदान गर्ने उद्देश्यले उद्यान निर्माण गरिएको बताए ।
उनका अनुसार उद्यानमा ७७ वटै जिल्लाको स्पष्ट नामसहितको आधुनिक नेपाल र गण्डकी प्रदेशका नक्शा, राष्ट्रिय गान र नेपालको झण्डासहितको पृष्ठभूमि छ । पार्क मध्यनेपाल नगरपालिकाको रु सात लाख लगानीमा निर्माण गरिएको हो ।






बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार… 



