एकैदिन २ हजार ३०० ले ओरालो लाग्यो सुन, ताेलाकाे कति ?

-



     सफल आवाज    
     पौष २६ गते २०७७ मा प्रकाशित



काठमाडाैं, २६ पुस । आज सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला रु दुई हजार ३०० ले ओरालो लागेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९३ हजार रूपैयाँमा काराेबार भएकाे छ । शुक्रबार प्रतितोला रु ९५ हजार ३०० मा कारोवार भएको छापावाला सुन आज प्रतितोला रु दुई हजार ३०० ले ओरालो लागेर रु ९३ हजार कायम भएको हाे ।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ९२ हजार ५०० मा काराेबार भएकाे महासंघले जनाएकाे छ । शुक्रबार प्रतितोला रु ९४ हजार ८०० मा कारोवार भएको थियो । तेजाबी सुन शुक्रबारकाे तुलनामा आज रु दुई हजार ३०० ले नै ओरालो लागेको छ ।

महासंघले जनाएअनुसार चाँदीको मूल्य प्रतितोला रु एक हजार २७० मा कारोवार भएकाे छ । शुक्रबार चाँदी प्रतितोला रु १ हजार ३३० मा कारोवार भएको थियो । चाँदी तोलामा आज रु ६० ले घटेको छ ।