सुनको मूल्य ओरालो लाग्ने क्रम जारी, ८०० ले गिरावट

-



     सफल आवाज    
     पौष २७ गते २०७७ मा प्रकाशित



काठमाडौं, २७ पुस । आइतबार छपावाला सुन प्रतिताेला रु दुई हजार ३०० ले ओरालो लागेकोमा आज फेरी घटेकाे छ । आज सुन ताेलामा रू ८०० ले घटेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु ९२ हजार २०० मा कारोवार भएकाे छ । आइतबार छापावाल सुन तोलामा रु ९३ हजारमा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आज प्रतिताेला रु ९१ हजार ७०० मा काराेबार भएकाे छ । आइतबार तेजाबी सुन तोलाकाे रु ९२ हजार ५०० मा कारोवार भएको थियो ।

चाँदीकाे मूल्य पनि घटेकाे छ । चाँदी तोलामा रु ४० ले घटेको हाे । आइतबार रु एक हजार २७० मा कारोवार भएको चाँदी आज रु एक हजार २३० मा कारोवार भएकाे छ ।