‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाटसमाजसेवी प्रधान सम्मानित

-



     सफल आवाज    
     पौष २८ गते २०७७ मा प्रकाशित



काठमाडौं, २८ पुस । समाजसेवी देवेन्द्र प्रधान ‘चन्द्रागिरि हिरो अफ इयर २०२०’ बाट सम्मानित भएका छन् । विशेषगरि चन्द्रागिरि नगरक्षेत्रका समाजिक काममा उल्लेखनीय योगदान पुर्याएवापत उनलाई सो सम्मान अर्पण गरिएको हो ।

क्रेटर्स ग्रुपद्वारा चन्द्रागिरि हिल्समा आयोजित कार्यक्रममा मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मीले प्रधानलाई सम्मान प्रदान गरेका हुन । सम्मानले आफूलाई अगामी दिनमा समाजसेवामा अझै निरन्तर लाग्ने प्रेरणा मिलेको प्रधानले बताए ।

कार्यक्रममा ‘प्लेयर अफ दि इयर२०२०’बाट बक्सिङ खेलाडी दीपक महर्जन सम्मानित भए । पृथ्वी जयन्तीका अवसरमा आयोजित सोही कार्यक्रममा ‘नेशनल क्रेटर्स अवार्ड २०२०’ बाट विभिन्न क्षेत्रमा पाँच व्यक्तित्वलाई सम्मान गरिएको थियो ।फाेटाेःरासस

यसरी सम्मानित हुनुहुनेमा रमेश खरेल, कुलमान घिसिङ, अनुराधा कोइराला,सपना रोक्का मगर र डा सन्दुक रुइत रहेका छ्न् ।