सूनचाँदीको मूल्यमा सामान्य वृद्धि, तोलाको कति ?

-



     सफल आवाज    
     पौष २९ गते २०७७ मा प्रकाशित



काठमाडौं, २९ पुस । आज सूनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज छापावाला सुन प्रतितोला रुपैयाँ १०० रले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजार ९०० मा कारोबार भएको छ । मंगलबार छापावाल सुन रुपैयाँ ८०० ले वृद्धि भएर ९२ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको थियो । तेजबी सुनमा पनि आज रुपैयाँ १०० ले बृद्धि भएको छ ।

आज चाँदीमा १० रुपैयाँ वृद्धि भएको छ । मंगलबार प्रतितोला १ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार २६० मा कारोबार भएको महासंघले जनाएको छ ।