
पोखरा, १ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले मगर, थारु र छन्त्याल समुदाय लगायत नेपालीहरुको महत्वपूर्ण सांस्कृतिक पर्व माघे संक्रान्ति पर्वको अवसरमा देश तथा विदेशमा रहेका दाजुभाई दिदीबहिनीहरुमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले चाडपर्वले राष्ट्रिय एकतालाई बजबुत बनाउन महत्वपूर्ण योगदान दिदैं आएका बताएका छन् ।
मुख्यमन्त्रीद्वारा आज जारी गरिएको शुभकामना सन्देशमा लेखिएको छ, बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश संविधानतः धर्मनिरपेक्ष राष्ट्र घोषणा भएको सन्दर्भमा विविधतायुक्त धार्मिक एवं मौलिक सांस्कृतिक चार्डपर्वले सामाजिक एकता कायम गरेका छन्। यस्तै आपसि सद्भाव, सहिष्णुता कायम राख्दै राष्ट्रिय एकतालाई बजबुत बनाउन महत्वपूर्ण योगदान दिदैं आएको मुख्यमन्त्री गुरुङको सन्देशमा उल्लेख छ ।

माघे, माघी, मकर संक्रान्ति पर्वले सबै नेपालीबीच वन्धुत्व, प्रेम र एकताको भावना वढाई समाजिक न्यायसहितको समृद्ध नेपाल, सुखि नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्नका लागि भावनात्मक रूपले एकताकासाथ जुट्न प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गरेका छन् ।
आज माघीको दिन सूर्य धनु राशीलाई छोडेर मकर राशीमा प्रवेश गरेको तिथिलाई आधार मानेर आआफ्नो मौलिकतामा घ्यूँ, चाकु, तरुल लगायतका परिकार खाएर पर्व मनाउने गरिन्छ ।






बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार… 



