साताकाे पहिलाे दिन सुनकाे मूल्यमा गिरावट, ताेलाकाे कति ?

-



     सफल आवाज    
     माघ ४ गते २०७७ मा प्रकाशित



काठमाडाैं, ४ माघ । साताकाे पहिलाे दिन आज सुनकाे भाउमा गिरावट आएको छ । बजारमा छापावाला सुनकाे मूल्यमा आज रूपैयाँ ७०० ले गिरावट आएको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतिताेला रूपैयाँ ९१ हजार ८०० मा कारोबार भएको छ । छापावाला सुन शुक्रबार तोलामा रु ९२ हजार ५०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन शुक्रबारकाे तुलनामा आज तोलामा रुपैयाँ ७०० ले घटेको छ । शुक्रबार रु ९२ हजारमा कारोबार भएको तेजाबी सुन आज प्रतिताेला रुपैयाँ ९१ हजार ३०० मा कारोबार भएको छ ।

यस्तै चाँदी तोलामा रुपैयाँ ३० ले घटेको छ । शुक्रबार रुपैयाँ एक हजार २६० मा कारोबार भएको चाँदी आज प्रतिताेला रुपैयाँ एक हजार २३० मा काराेबार भएकाे महासंघले जनाएकाे छ ।