इन्भेष्टमेन्ट बैंकले बोलायो साधारण सभा, १८.५० प्रतिशत लाभांशको प्रस्ताव

-



     सफल आवाज    
     माघ ५ गते २०७७ मा प्रकाशित



काठमाडौं, ५ माघ । नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ८ मा ३४ औंं वार्षिक साधारण सभा बोलाएको छ । सभामा संचालक समितिबाट प्रस्तावित १३ प्रतिशत बोनस शेयर तथा ५.५० प्रतिशत नगद लाभांशसहित १८.५० प्रतिशत लाभांश पारित गर्ने भएको छ ।

सभामा अन्य कुनै बैंक तथा वित्तीय संस्थासंग मर्जर वा एक्वाएर गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव रहेको छ । यस्तै सभामा बैंकको अधिकृत पूँजी बढाएर १८ अर्ब पुर्याउने प्रस्ताव लगिने भएको छ ।

बैंकले बोनश शेयर वितरण गरेपछि चुक्ता पूँजी पनि बढ्ने भएकोले प्रवन्धपत्र संशोधनको एजेण्डा पनि रहेको छ । साधारण सभाको प्रयोजनार्थ बैंकको पुस २२ देखि माघ ८ गतेसम्म बुक क्लोज गरिएको छ ।

बैंकको साधारण सभा दरबार मार्गस्थित बैंकको केन्द्रीय कार्यालयमा माघ ८ मा बिहान १० बजेदेखि शुरु हुने भएको छ । साधारण सभामा पुस २१ गतेसम्म कायम रहेका शेयरधनीले भाग लिन पाउन सक्नेछन् । साधारण सभामा अधिक सदस्यहरुको सहभागितका लागि अनलाइन सहभािागताको व्यवस्था पनि गरिएको बैंकले जनाएको छ ।