
काठमाडौं, ७ माघ । आगामी २०७८ सालको पञ्चाङ्ग (पात्रो) प्रकाशनमा ढिलाइ भएको भन्दै ज्योतिष संस्थाहरुले आपत्ति जनाएका छन् । उनीहरुले बुधबार संयुक्त विज्ञप्ति प्रकाशित गरी सोबारे चासो व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पहलमा पञ्चाङ्ग निर्णायक समितिको गठन आदेश नेपाल सरकारबाट पारित गरिनु स्वागतयोग्य भए पनि पञ्चाङ्ग निर्णय गर्न ढिलाइ हुने वातावरण सम्बन्धित मन्त्रालयले गर्नु हुने थिएन । २०७७ मा नयाँ नियम आएकै कारणले होला मौजुदा निर्णायक समितिले पञ्चाङ्ग स्वीकृत गरी प्रकाशनको व्यवस्था गर्नुपर्नेमा तर त्यसो नगरी निर्णायक समिति नै निस्क्रिय देखिएको छ ।’
तसर्थ नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस्तो संवेदनशील विषयमा कुने चासो नलिएको हुँदा नेपाल ज्योतिष परिषद्, दक्षिण एशियाली ज्योतिष महासंघ, राष्ट्रिय समिति नेपाल, विश्व ज्योतिष महासंघ, राष्ट्रिय समिति नेपाल संस्थाहरुले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले यथाशीघ्र २०७८ सालको पात्रो प्रकाशनको व्यवस्था मिलाई स्वीकृत गर्न नेपाल पञ्चाङ्ग निर्णायक समितिलाई सक्रिय पार्न अपील गरिएको छ ।
बृहस्पति र शुक्रबो अस्तका कारण विवाह ब्रतबन्धको मुहूर्त नहुँदा २०७७ माघ फागुनमा विवाह ब्रतबन्ध गर्न तयार रहेकाहरु आगामी बैशाखमा पुग्न बाध्य भएका छन् ।






बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार… 



