
काठमाडौं, ७ माघ । सरकारले नेपालमा पैठारी गर्न लागिएको कोभिड १९ विरुद्धको खोप सामग्रीहरुको लागि निश्चित प्रक्रियाहरु तय गरेको छ । अर्थ मन्त्रालय भन्सार विभागले आज ११ बुँदे प्रक्रियाहरु जारी गर्दै भन्सारमा छिटो छरितो र सहज किसिमले जाँचपास प्रयोजनका लागि प्रक्रियाहरु सार्वजनिक गरेको हो ।
कोभिड १९ विरुद्धको खोप सामग्रीहरुको जाँचपास सम्बन्धी जानकारीको लागि मुख्य भन्सार विन्दुहरुमा विशेषतः त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा छुट्टै इकाई खडा गरेर कर्मचारी खटाईने भएको छ । भन्सार विभागमा तत्काल समस्या समाधानका लागि कार्यदल रहने उल्लेख छ ।
खोप पैठारी पूर्व नै कागजातहरु उपलव्ध भएमा खडा भएको इकाईमार्फत जाँचपासपूर्वको प्रक्रिया मिलाईने जनाईएको छ । पैठारीका कागजातहरुमा खोपको परिणाम र मूल्य नखुलेको पाईएको खण्डमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरेर जाँचपास गरीने भएको छ ।
पैठारीकर्ताले औषधी व्यवस्था विभागबाट प्राप्त खोप अनुमतिको प्रमाणपत्र सहित पैठारी सम्बन्धी पेश गरिएका कागजातहरुको अधारमा छिटो जाँचपासको व्यवस्था, गेट वा काउन्टरबाट छिटो जाँचपास गरिने भएको छ । जाँचपासका लागि कागजात पेश नभएको तथा महसुलका सम्बन्धमा द्विवीधा उत्पन्न भएमा छिटो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग समन्वय गरेर जाँचपासको व्यवस्था गरिने भएको छ ।
मन्त्रालयद्वारा अनुमति प्राप्त पैठारीकर्ताबाट पैठारी गरिने खोपको बारेमा पूर्व जानकारी प्राप्त गरी सोही अनुसारको तयारी गरिने भएको छ । गुणस्तरिय खोप सामग्रीहरुको पैठारी सुनिश्चित गर्नका लागि तोकिएका नाकाहरुबाट मात्र खोपहरुको जाँचपास गरिने भएको छ ।
खोपको सुरक्षित जाँचपास व्यवस्थापनका लागि सीमामा रहेका सबै जिल्लाका सरोकारवाला निकायहरुसंग समन्वय गरिने भएको छ । खोप सामाग्रीको पैठारीको दिन सार्वजनिक बिदाको दिन परेमा ति सामग्रीको जाँचपासलाई पहिलो प्राथमिकता दिईने भएको छ ।








बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार… 



