
पोखरा, ८ माघ । केपी शर्मा ओली सरकारले गरेको संसद विघटनविरुद्ध नेपाली कांग्रेस कास्कीले बिहीबार पोखरामा विरोध प्रदर्शन गरेको छ ।
केन्द्रीय समितिको आह्वानअनुरुप कांग्रेसको वडास्तरको सो विरोधसभा कास्कीका सबै वडाहरुमा असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध कार्यकर्ता सडकमा उत्रिएका थिए ।
पोखरा महानगरपालिका वडा ७ इकाइ समितिले रत्नचोकदेखि विरोध र्याली निकाली राष्ट्र बैंक चोक, सहिदचोक हुँदै वाई चोकमा पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रममा वक्ताले सरकारको असंवैधानिक कदमका विरुद्ध डटेर लड्ने उद्घोष गरेका थिए ।
इकाइ समिति नवीनराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस जिल्ला सहसचिव रंगीला आचार्य, पूर्व क्षेत्रीय सभापति शोभाचन्द्र बराल, जनप्रिय क्याम्पस स्ववियु सभापति आशीक गुरुङ लगायतले ओलीको असंवैधानिक कदमको विरोध गरेका थिए ।






बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार… 



