
पोखरा, १२ माघ । डाइनामिक पब्लिक लाइब्रेरी (डिपिएल) गण्डकीको अध्यक्षमा बसन्त गिरी चयन भएका छन । झापाको दमक नगरपालिकामा माघ १० गते भएको प्रथम राष्ट्रिय महाधिवेशनबाट गण्डकी प्रदेशको अध्यक्षमा बसन्त गिरी चयन भएका हुन । गिरीको नेतृत्वमा ४० जनाको डिपिएल युथ टिम गठन गरिएको हो । महाधिवेशनले उपाध्यक्षमा राजकुमार भण्डारी, सरस्वती गिरी, किशोर सुवेदीलाई चयन गरिएकाे छ । महासचिवमा प्रदिप शर्मा बराल, कोषाध्यक्षमा शिव पराजुली र सचिवमा सुरेनकुमार नेपाली चयन गरिएको छ । कानुनी सल्लाहकारमा शिशिर मिश्र चयन भएका छन ।
सन् २०१२ मा झापाका भेषराज न्यौपानेको नेतृत्वमा यो संस्था गठन भएको हो । घरको बार्दलीबाट लडेर मेरुदण्डको पक्षघात भएपछि जीवनमा आएको निराशालाई चिर्दै न्यौपाने यस संस्था मार्फत् सामाजिक क्षेत्रमा क्रियाशिल हुँदै आएका छन ।
संस्थाले विशेषगरी युवाको नेतृत्व र व्यक्तित्व विकासका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ, भने कुलतमा फसेर जीवन वर्बाद गरिरहेका युवाहरुलाई पुनःजीवन प्रदान गर्ने कार्यक्रमहरु सञ्चालन गर्दै आएको गण्डकी अध्यक्ष गिरीले जानकारी दिए । अध्यक्ष गिरीले भने “यो विशुद्ध सामाजिक संस्था हो, युवाहरुलाई सामाजिक क्षेत्रमा स्थापित गराउन नेतृत्व तथा व्यत्तित्व विकासमा जोड दिन्छ ।
त्यसैगरी शारीरिक अपाङ्गता भएकाहरुलाई समेत नेतृत्व विकास तालिम मार्फत् आत्मविश्वास जगाएर आत्मनिर्भर हुन यसले प्रेरित गर्छ । ”गिरीका अनुसार यो संस्थाको देशका विभिन्न १३ वटा स्थानमा शाखा रहेका छन् भने देशभरी करिब चारसय सदस्यहरु रहेका छन् । यसको केन्द्रीय अध्यक्षमा विनोद उप्रेती हुन ।






बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार… 



