
काठमाडौं, १२ माघ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार पत्रकार सम्मेलन गर्दै सो समूहले देशका विभिन्न ठाउँमा सभा र विरोधका कार्यक्रम गर्ने घोषणा गरेको हो ।
जसअनुसार माघ १३ मा काठमाडौंमा सिट्ठी जुलुस, १४ देखि २१ गतेसम्म माइतीघर मण्डलामा संविधानसभा सदस्य, सांसद र प्रदेश सभा सदस्यको धर्ना, माघ १५ मा बुटवलमा आमसभा र १६ गते विराटनगरमा आमसभा गरिने स्थायी कमिटी सदस्य पम्फा भुसालले जनाइन् । यस्तै माघ २८ मा काठमाडौंमा विरोध जुलुस र सभा आयोजना हुनेछ ।
यसअघि माघ ९ गते काठमाडौंमा विरोध सभा गरी अघिल्लाा आन्दोलनका कार्यक्रम समापन गरिएको छ । गत पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सो कदम असंवैधानिक भन्दै प्रचण्ड–नेपाल समूह लगायतका दल निरन्तर आन्दोलनमा छन् । उनीहरुले संसद पुनस्र्थापनाको माग उठाउँदै आएका छन् ।






बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार… 



