
पोखरा, १४ माघ । पोखरा लेडी जेसीजले केदारेश्वर मन्दिरमा आश्रित बटुक, पुजारी लगायतलाई भोजन खुवाएको छ ।
प्रमुख अतिथि केदारेश्वर महादेवमणि सेवाश्रम समितिका पीठाधीश डा. लेखनाथ आचार्यले धर्म संस्कृति र मानवताको सेवामा यस्तो पुण्य कार्यमा सहयोग गर्ने पोखरा लेडी जेसीजप्रति आभार प्रकट गरे ।

पोखरा लेडी जेसिजकी वर्ष २०२१ अध्यक्ष कमला शर्मा कँडेल (वीनिता) को अध्यक्षतामा भएको कार्यक्रममा विश्व हिन्दु महासंघ पोखराका अध्यक्ष सविना अधिकारी क्षत्री, नगर वरिष्ठ उपाध्यक्ष युवराज श्रेष्ठ, विश्व हिन्दू महासंघ सचिव तथा पोखरा जेसीजका पूर्व अध्यक्ष शिव कोइराला, पोखरा लेडी जेसीजकी निवर्तमान अध्यक्ष शोभा भुजेल, पूर्व अध्यक्ष सन्तु पौडेल, सपना गिरी लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बटुकहरुले स्वस्तीपाठ समेत गरेका थिए भने आस्थापाठ शकुन्तला पौडेल, स्वागत सरू पनेरु, संचालन सचिव सुमित्रा कोइरालाले गरेका थिए ।
पोखरा लेडी जेसीजकी सचिव सुमित्रा कोइरालाले वैवाहिक वर्षगाँठ अवसरमा भोजन खुवाउने कार्यक्रमलाई सहकार्य गरेकी थिइन् ।






बागमती, १० मङ्सिर। मकवानपुरमा पछिल्ला दुई वर्षमा चासो र चर्चामा आएको गन्तव्य हो, मकवानपुुरगढी गाउँपालिका–८…
काठमाडौं, १० मङ्सिर। राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रमलाई थप व्यवस्थित, प्रभावकारी र वित्तीय रूपमा दिगो बनाउने…
काठमाडौं, १० मङ्सिर । मलेसिया कामदार पठाउने प्रक्रियामा भएको भनिएको अवैध आर्थिक कारोबार (मलेसिया प्रकरण)…
काठमाडौं, १० मङ्सिर। पछिल्ला तीन कारोबार दिनदेखि निरन्तर उकालो लागिरहेको सेयर बजार परिसूचक (नेप्से) बिहीबार… 



