बिहिबार पनि घट्यो सुनको मूल्य, तोलाको कति ?

-



     सफल आवाज    
     माघ १५ गते २०७७ मा प्रकाशित



काठमाडौं, १५ माघ । साताको पाँचौ दिन आज पनि सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९२ हजारमा कारोबार भएको छ ।

बुधबार एकैदिन छापावाला सुन प्रतितोला ७०० ले गिरावट आएको थियो भने ९२ हजार १०० मा कारोबार भएको थियो ।

महासंघले आज तेजाबी सुन प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको जानकारी दिएको छ । बुधबार तेजाबी सुन प्रतितोला ९१ हजार ६०० मा कारोबार भएको थियो ।

आज चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । आज प्रतितोला रुपैयाँ ५ ले घटेर प्रतितोला १ हजार २४५ मा कारोबार भएको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला १ हजार २५० मा कारोबार भएको थियो ।