शुक्रबार सुनको मूल्य स्थिर, चाँदीमा ४० रुपैयाँ वृद्धि

-



     सफल आवाज    
     माघ १६ गते २०७७ मा प्रकाशित



काठमाडौं, १६ माघ । साताको शुक्रबार आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको छ । बिहिबार पनि सुनको मूल्य प्रतिातोला रुपैयाँ ९२ हजारमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि बिहिबारको झैं स्थिर रहेको छ । आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ५०० मा कारोबार भएको छ ।

चाँदी भने आज ४० रुपैयाँले वृद्धि भएको छ । आज चाँदी प्रतितोला रुपैयाँ १ हजार २८५ रुपैयाँमा कारोबार भएको छ । बिहिबार चाँदी प्रतितोला १ हजार २४५ मा कारोबार भएको थियो ।