ज्योति लाइफ इन्स्योरेन्सले कमायो १० करोड ७८ लाख रुपैयाँ नाफा

-



     सफल आवाज    
     माघ १९ गते २०७७ मा प्रकाशित



काठमाडौं, १९ माघ । ज्योति लाइफ इन्स्योरेन्सले १० करोड ७८ लाख रुपैयाँ मुनाफा गरेको छ । आर्थिक वर्ष २०७७, २०७८ दोश्रो त्रैमासको अर्थात २०७७ पौष २९ सम्मको वित्तीय विवरणका अनुसार कम्पनीले उक्त नाफा कमाएको उल्लेख छ ।

कम्पनीले गएको वर्ष भन्दा ५६.५६ प्रतिशतले नाफा कमाएको हो । गएको वर्ष कम्पनीले ६ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको थियो । संचित कोषमा रहेको रकमलाई दीर्घ तथा अल्पकालको बजारमा पठाएपछि र संकलित प्रिमियमबाट उक्त मुनाफा कमाउन सफल भएको हो ।

कम्पनीको वित्तीय विवरणमा बीमा कोष र खुद बीमा शुल्कमा सुधार गरेको देखिएको छ । जीवन बीमा कोषमा १५१.५१ प्रतिशत बढेर २ अर्ब ९१ करोड ७९ लाख रुपैयाँ भएको छ । यस्तै खुद बीमा शुल्क ७२ कोड ५४ लाखबाट बढेर १ अर्ब ३९ करोड पुगेको जनाईएको छ ।

कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रहेको छ । संचित कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीले पूँजी वृद्धिका लागि ६६ करोड रुपैयाँ बराबरको शेयर निष्काशन गर्ने तयारी गरेको छिट्टै पूँजी २ अर्ब २० करोड पुग्ने बताएको छ । शेयर निष्काशनका लासगि ज्योति लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डमा आवेदन दिईसकेको छ ।