
काठमाडाैं, १७ भदौ । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले बाढीपिडितका लागी १ कराेड १ लाख सहयाेग गरेकाे छ । गत भदाै १० गते वुधवार विहान चीनको सिजाङ (तिब्बत) तर्फवाट आएको भीषण वाढीका कारण रसुवा, नुवाकोट, धादिङ्ग, चितवन, पुर्वी नवलपरासी लगायतका जिल्लाहरुका वस्तीहरुमा पुगेको अकल्पनीय ठुलो मानवीय तथा भौतिक क्षतिकाे दृष्ट्रिगत गर्दै पिडित परिवारलाई तत्काल राहत, उपचार तथा अन्य आवश्यक सहयोग उपलव्ध गराउन सरकारलाइ उक्त सहयाेग गरेकाे बताइएकाे छ ।
संघका अध्यक्ष विकास दुगडले अर्थमन्त्री डा.स्वर्णीम वाग्लेलाई सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्। नेपाल वनस्पति घ्यू तेल उत्पादक संघ तथा सदस्य उद्योगहरुवाट नागरिक, समाज एंव राष्ट्रप्रति जिम्मेवार रहदै यस संम्वेदनशील अवस्थामा राष्ट्रिय एकता, सामाजिक सहकार्य र मानवीय भावना अनुरुप १ करोड १ लाख सहयोग प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएकाे जनाइएकाे छ।






काठमाडौं, ११ मङ्सिर। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।…
कर्णाली, ११ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी…
काठमाडौं, ११ मङ्सिर। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न…
काठमाडौं, ११ मङ्सिर । नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी… 



