
काठमाडौं, २९ माघ । रिलायबल लाइफ इन्स्योरेन्सले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको ६० लाख कित्ता शेयर (आईपीओ) निष्काशन गर्ने तयारीमा लागेको बताएको छ । सम्पुर्ण प्रक्रिया पुरा गरेपछी आईपीओ निष्काशन गरिने कम्पनीले जनाएको छ ।
चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ८० करोड रुपैयाँ रहेको छ । शेयर निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब पुग्नेछ ।
कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । इन्स्योरेन्सले दोश्रो त्रैमासमा १७ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गएको वर्षको भन्दा ३४.२६ प्रतिशतले बढी हो । गएको वर्ष कम्पनीको खुद नाफा १३ करोड २५ लाख रहेको थियो ।
कम्पनीको वित्तीय विवरणले खुद बीमा शुल्क ८६ करोड ११ लाख रुपैयामा बढेर १ अर्ब ३१ करोड पुगेको देखाएको छ । कम्पनीको जीवन बीमा कोषको रकम पनि ११८.७४ प्रतिशत बढेर १ अर्ब ९० करोड पुगेको छ । कम्पनीले पुस महिनाको मसान्तसम्म ३१ बर्अ ४५ करोड कुल दाबि भुक्तानी गरेकाे देखिएकाे छ ।






काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



