
काठमाडौं, २९ माघ । विजय लघुवित्त वित्तीय संस्थाले खप्तड लघुवित्त प्राप्तिका लागि विशेष साधारण सभा डाकेको छ । संस्थाको संचालक समितिको १२८औं बैठकले खप्तड लघुवित्तलाई प्राप्तिका लागि फागुनको १५ गते विशेष साधारण सभा डाकेको हो ।
साधारण सभा नबलपरासी गैंडाकोटमा रहेको विजय विकास स्रोत केन्द्रमा बोलाईएको छ । विशेष साधारण सभा प्रयोजनका लागि फागुन ७ गतेदेखि फागुन १५ सम्म संस्थाको शेयर दाखिला खारेज बन्द गरिने विजय लघुवित्त वित्तीय संस्थाका नायव कार्यकारी अधिकृत तथा कम्पनी सचिव नारायण सापकोटाले जानकारी दिएका छन् ।
साधारण सभामा फागुन ६ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै सहभागिता जनाउन सक्नेछन् । विशेष साधारण सभा विजय विकास स्रोत केन्द्र गैंडाकोटमा फागुन १५ गते बिहान ९ वजेबाट शुरु हुने भएको छ ।






काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



