महिला लघुवित्तको आइपीओ बिक्री आजदेखि खुल्ला

-



     सफल आवाज    
     माघ ३० गते २०७७ मा प्रकाशित



काठमाडौं, ३० माघ । महिला लघुवित्त वित्तीय संस्थाकाे आजदेखि सर्वसाधारणको लागि शेयर (आइपिओ) निष्काशन तथा बिक्री खुल्ला भएकाे छ । संस्थाले ३ लाख ७५ हजार कित्ता शेयर जारी गरेको हाे ।

संस्थाले चुक्ता पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुने ४ लाख कित्ता शेयरमा ५ हजार कित्ता शेयर कर्मचारीका लागि छुट्याएको छ ।

यस्तै २० कित्ता सामुहिक लगानी कोषका लागि रहेको छ भने सर्वसाधारणले ३ लाख ७५ हजार कित्ता शेयरका लागि आवेदन दिन सक्ने भएका छन् ।

शेयर लगानीकर्ताले छिटोमा फागुन ५ गते र ढीलोमा फागुन १४ गतेसम्म आवेदन गर्न सक्नेछन् । शेयर लगानीकर्ताले न्युनतम १० देखि १ हजार कित्ताका लागि आवेदन गर्न सक्ने भएका छन् ।