
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको छ । बैंकले यस वर्ष ‘एक्सिलेन्स इन कन्ट्याक्टलेस–इसुइङ’ (Excellence in Contactless – Issuing) र ‘एक्सिलेन्स इन ई–कमर्स अक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट’ (Excellence in E–Commerce Acquiring Business Principal Client) विधामा अवार्ड हात पारेको हो ।
काठमाडौँस्थित मेरियट होटेलमा सोमबार आयोजित ‘भिसा लिडरसिप कन्क्लेभ’मा नबिल बैंकका प्रतिनिधिले उक्त विधाका अवार्डहरू ग्रहण गरेका थिए । यसअघि पनि ती विधाहरूमा नबिल बैंकको वर्चस्व रहँदै आएको छ ।
नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले यस अवार्डले ग्राहकवर्गको सुविधा र सहजतालाई ध्यानमा राखी निरन्तर नवीनता र नवप्रवर्तनलाई आत्मसात् गर्न थप ऊर्जा प्राप्त भएको बताउनुभयो । “हामीलाई यस अवार्डले विश्वसनीय र डिजिटल रूपमा सशक्त नेपालको निर्माणप्रति प्रतिबद्ध रहन थप प्रेरणा प्रदान गरेको छ,” उहाँले भन्नुभयो ।
भिसा इन्टरनेशनल कार्ड प्रदायक कम्पनी हो । नेपालमा भिसाले बर्सेनि भिसा लिडरसिप कन्क्लेभ (VISA LEADERSHIP CONCLAVE) आयोजना गर्दै आइरहेको छ । नेपालमा डिजिटल भुक्तानी प्रणालीको विकास र विस्तारमा भिसाले एक महत्त्वपूर्ण उत्प्रेरकको भूमिका निर्वाह गर्दै आएको छ ।
नबिल बैंक नेपालको एक अग्रणी बैंक हो । चार दशकभन्दा लामो बैंकिङ यात्रामा नबिलले नवीन सेवा तथा प्रविधिमार्फत बैंकिङलाई थप सहज, आधुनिक र पहुँचयोग्य बनाउँदै आएको छ ।
बैंकले ग्राहक, समुदाय र समग्र देशको अर्थतन्त्रका लागि समावेशी र समृद्ध भविष्य निर्माण गर्ने उद्देश्यसाथ ‘बैंकिङ एन्ड बियोन्ड’ अवधारणालाई थप सशक्त रूपमा अगाडि बढाएको छ । बैंकले देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटिएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)…
पोखरा, १० मंसिर। जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लाको जलविद्युत क्षेत्रका समस्या, चुनौती र सरोकारका… 



