
कााठमाडौं, २ माघ । साताको पहिलो दिन आईतबार आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । चाँदीमा भने सामान्य बृद्धि भएको छ ।

आज छापावाला सुन प्रतितोला १०० रुपैयाँले घटेको छ भने चाँदीमा १५ रुपैयाँले बृद्धि भएको छ । आज छापावाला सुनको मूल्य प्रतितोला ९० हजार ८०० कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसअघि शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य आज प्रतितोला ९० हजार ३०० मा कारोबार भएको छ । शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा १५ रुपैयाँले बृद्धि भएको छ । आज चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदी प्रतितोला १ हजार ३२० रूपैयाँमा कारोबार भएको थियो ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



