
काठमाडौं, ३ फागुन । सुनको मूल्य घट्ने क्रम आज पनि रोकिएन । आज पनि छापावाला सुन प्रतितोला १०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ । आईतबार छापावाला सुन प्रतितोला ९० हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुन आज प्रतितोला ९० हजार २०० मा कारोबार भएको छ । आईतबार तेजाबी सुनको मूल्य ९० हजार ३०० रूपैयाँ कायम भएको थियो ।
महासंघका अनुसार आज चाँदीको मूल्यमा भने सामान्य बृद्धि भएको छ । आज चाँदी ५ रुपैयाँले बृद्धि भएर तोलाको १ हजार ३४० रुपैयाँमा कारोबार भएको छ । आईतबार चाँदी तोालाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो ।






काठमाडौं, मंसिर १० । नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको…
काठमाडाैं, १० मङ्सिर । मुक्तिनाथ विकास बैंक लिमिटेड र पोखराको फुलबारीस्थित नेपाल मणिपाल शिक्षण अस्पतालबीच…
काठमाडौं, १० मङ्सिर । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने महत्त्वपूर्ण दुई विधामा अवार्ड जितेको…
काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गतेदेखि प्राथमिक सेयर (आईपीओ)… 



