
काठमाडौं,२५ साउन । भदौ १ गतेदेखि खुल्ने भनिएको अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडान नखुल्ने भएको छ ।
सीसीएमसीको आइतबार बसेको बैठकले यसलाई १५ दिन पछि सार्न सिफारिस गरेको बताइएकाे छ ।सरकारले यसकाे आधिकारिक निर्णय गर्न भने बाकी छ ।
५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनकाे अन्त्य गर्दै अन्तर जिल्ला यातायात, बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि गर्ने निर्णय गरेको थियो ।
सीसीएमसीको बैठकले अन्तराष्ट्रिय सीमा नाकाहरुमा थप कडाई गर्न समेत सिफारिस गरेको छ ।
बैठकले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन र निस्कन परेमा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न आग्रह गरेको छ ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



