सुनचाँदीको मूल्य आजपनि घट्यो, कतिमा हुदैछ कारोबार ?

-



     सफल आवाज    
     चैत्र १८ गते २०७७ मा प्रकाशित



काठमाडौं, १८ चैत । सुनचाँदीको भाउमा बुधबार पनि गिरावट भएको छ । आज छापावाला सुनमा ४०० रुपैयाँले गिरावट आएको हो भने चाँदीमा २० रुपैयाँले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतिताेला ४०० रुपैयाँले घटेर ८५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । मंगलबार छापावाला सुन प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुनको मूल्य ८५ हजार १५० रुपैयाँ कायम भई कारोबार भएको छ । मंगलबार तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार ५५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य २० रुपैयाँले घटेर १ हजार १९५ रुपैयाँमा कारोबार भएको छ । मंगलबार चाँदी प्रतितोला १ हजार २१५ रुपैयाँमा कारोबार भएको थियो ।