
पोखरा, २० चैत । नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्षका सफल आवाज डटकमका उपसम्पादक आरजु बिस्ट सल्यानी (मोहनकुमार बिस्ट) को मनोनयन दर्ता भएको छ।
महासंघको चैत २५ मा हुने महाधिवेशनअन्तर्गत बिहीबार प्रदेश राजधानी पोखरामा भएको मनोनयन दर्तामा उनीसहित दीपेन्द्र श्रेष्ठ, नारायणप्रसाद शर्मा र एलपी बञ्जाराको उम्मेदवारी परेको छ ।
यस्तै, खुला उपाध्यक्षमा इन्द्रप्रसाद पौडेल, दीपक भट्टराई र माधवप्रसाद पनेरु, महिला उपाध्यक्षमा शान्ति गुरुङ र सोनी शर्माको उम्मेदवारी परेको निर्वाचन समिति संयोजक कोमलनाथ बरालले जानकारी दिए ।
महासचिवमा दिल शिरीष, गोविन्द सुवेदी, सचिव खुलामा ऋषिकान्त पौडेल, प्रकाशचन्द्र भट्टराई र यदुनाथ बञ्जारा, सचिव समावेशीमा रुद्र श्रीस मगर र सुशीलबाबु श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्र न्यौपाने, शालिकराम कोइराला र सागरराज तिमिल्सिनाले उम्मेदवारी दिए ।
सदस्य खुलातर्फ कृष्ण कँडेल, ताराप्रसाद शर्मा, थम्मन थापा, परशुराम शर्मा आचार्य, प्रकाश डोटेल, प्रदीप पौडेल, भीमपाणि बराल, माधवप्रसाद अधिकारी, माधव पराजुली, रमेश बस्ताकोटी, लोकेन्द्रबहादुर सुनार, सुनिल पाण्डे र सूर्यप्रसाद बास्तोला रहेका छन् ।
सदस्य महिलातर्फ कविता श्रेष्ठ, रंजिता शर्मा, राधिका कँडेल, रोशनी गुरुङ, स्मीता अधिकारी, सदस्य दलितमा रविना बोहरा र सानेबहादुर नेपाली (कोइराला), सदस्य आदिवासी÷जनजातिमा जनक श्रेष्ठ, विनाकुमारी थापा (बिनु), रामजी राना र रुद्रबहादुर थापा छन् भने सदस्य अल्पसंख्यकमा पदम छन्त्याल र श्रीकान्त सापकोटा भिड्ने भएका छन् ।






काठमाडौं, ११ मङ्सिर। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।…
कर्णाली, ११ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी…
काठमाडौं, ११ मङ्सिर। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न…
काठमाडौं, ११ मङ्सिर । नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी… 



