नयाँ वर्ष २०७८ ले सबैमा ऊर्जा थपोस्: गण्डकी प्रदेश प्रमुख

-



     सफल आवाज    
     वैशाख १ गते २०७८ मा प्रकाशित



पोखरा, १ वैशाख । नयाँ वर्ष २०७८ सालको सुखद अवसरमा गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले शुभकामना सन्देश दिएका छन् ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली एवं गण्डकी प्रदेशबासी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

सन्देशमा भनिएको छ, ‘कोरोना भाइरस (कोभिड–१९)को सामना गर्नुप¥यो । अहिले हामी सामान्य जीवनमा फर्किएर आफ्ना नियमित क्रियाकलाप अघि बढाइरहेका छौं । विश्वका अन्य देशमा कोभिड–१९ महामारीको अर्को लहर तीव्र रुपमा बढिरहेको छ । जसबाट हामी अझै जोखिममुक्त भइसकेका छैनौं । हामी अझै सतर्क र सचेत हुनुपर्ने आवश्यकता छ ।’

साथै, उनले देशको आवश्यकता भनेको राजनैतिक स्थायित्व, शान्ति र समृद्धि हो भन्दै यसका निम्ति सबैले आ–आफ्नो ठाउँबाट गम्भीर र जिम्मेवार बन्न जरुरी रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘ठूलो संघर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत् सुदृढ बनाउन नयाँ वर्ष २०७८ ले सबैमा थप ऊर्जा प्रदान गरोस् । राष्ट्रियता र राष्ट्रिय अखण्डताको पूर्ण रक्षा गर्न दृढ संकल्पित हुँदै विश्वमानचित्रमा अंकित हाम्रो स्वाधीन राष्ट्रको रक्षा गर्न दृढ बनौं ।’