लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव

-



     सफल आवाज    
     वैशाख ६ गते २०७८ मा प्रकाशित



बुटवल, ६ वैशाख । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमवार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

माओवादी, कांग्रेस र जसपा गरी ३ दलका ४१ सांसदले हस्ताक्षर गरेको अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।

यस्तै, अविश्वास प्रस्ताव दर्तासँगै माओवादीका २ मन्त्रीले राजीनामा समेत दिए ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी र सामाजिक विकास मन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् । उनीहरु दुवै नेकपा माओवादी केन्द्रबाट सरकारमा मन्त्री बनेका थिए ।