काठमाडौं, २८ साउन । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको चौथो दिन आज (बुधबार) झिनो अंकले बढेको छ । आज नेप्से १ दशमलव ५१ अंकले बढेर १ हजार ४२५ दशमलव ३२ विन्दुमा कायम भएको हो ।
नेप्सेका अनुसार आज ९५ करोड १९ लाख ६० हजार २०८ को कारोबार भएको छ ।
कुल १ सय ८८ कम्पनीको कारोबार भएको बजारमा आज ९५ करोड १९ लाखको मात्रै सेयर किनबेच भए। दिनभरिमा २० हजार ७ सय १९ पटकको खरिदबिक्री हुँदा ३० लाख ३२ हजार कित्ता शेयर बिक्री भएको नेप्सेले जनाएको छ।
कुल १२ समूहको कारोबार भएकाेमा आज ६ समूहको हरियो र ६ समूहको कारोबार सूचक रातो देखिएको छ। आज सबैभन्दा बढी युनाइटेड इन्स्योरेन्सको ६ करोड २० लाखको कारोबार भएको छ। त्यसपछि नेपाल पुनर्बीमा कम्पनीको ६ करोड ३ लाखको, नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड ७८ लाखको, एनआईसी एसिया बैंकको ३ करोड ८७ लाखको र अजोड इन्स्योरेन्सको ३ करोड २७ लाखको कारोबार भएको छ।






काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



