
पोखरा, ११ वैशाख । सञ्चारिका समूह गण्डकीले पत्रकार सुष्मा पौडेल र प्रतीक्षा काफ्लेलाई पुरस्कृत गरेको छ । सञ्चारिका पत्रकारिता पुरस्कारबाट समूहकी पूर्व अध्यक्ष समेत रहेकी पत्रकार पौडेललाई नगद २५ हजार १ सय रुपैयाँ सहित सम्मान गरिएको हो ।
यस्तै, गुरुङ ब्यूटी एकेडेमी अवार्डबाट कान्तिपुरमा कार्यरत काफ्लाई नगद १० हजार १ सय रुपैयाँसहित सम्मान गरिएको हो । पोखरामा शनिबार आयोजित समारोहमा गण्डकी प्रदेश उपसभामुख सिर्जना शर्माले उनीहरुलाई सम्मान गर्दै पत्रकार महिलाहरु पुरुषसरह अगाडि बढ्दै गएकोमा खुसी व्यक्त गरिन् । दुवै पुरस्कार सञ्चारिका समूहले सञ्चालन गर्दै आएको संस्थाकी अध्यक्ष स्मिता अधिकारीले जानकारी दिइन् ।
सम्मानित पत्रकार पौडेलले पत्रकारितासँगै सामाजिक अभियानमा लामो समयदेखि क्रियाशील रहे पनि पत्रकारिताबाट पहिलो पुरस्कार प्राप्त गर्दा निकै खुसी लागेको बताइन् । उनले आफूमा अझै धेरै जिम्मेवार थपिएको महसुस भएको उनको भनाइ थियो । पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य पौडेल २०६६ देखि ६९ सम्म सञ्चारिकामा अध्यक्ष थिइन् । उनको पत्रकारितासँगै सामाजिक अभियान तथा परोपकारी कार्यमा ठूलो योगदान छ । उनले नेपालीमा स्नातकाेत्तर र एलएलबी गरेकी छन्।
यस्तै अर्का सम्मानित व्यक्तित्व काफ्लेले सम्मानबाट आफूमा थप प्रेरणा मिलेको बताइन् । पत्रकार महासंघ स्याङ्जाकी नवनिर्वाचित सचिव काप्mले फोटो पत्रकार संघ स्याङ्जा अध्यक्ष पनि हुन् । उनी पोखराबाट कान्तिपुरका लागि लेख्छिन् ।
पत्रकार महासंघ कास्कीका निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठको संयोजकत्वमा वान महासचिव दुर्गा अधिकारी, नेपाल आदिवासी जनजाति पत्रकार समूह (फोनिज) गण्डकी अध्यक्ष एमबि आस्था सदस्य रहेको छनोट समितिले प्रतिभा चयन गरेको थियो ।






काठमाडौं, ११ मङ्सिर। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।…
कर्णाली, ११ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी…
काठमाडौं, ११ मङ्सिर। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न…
काठमाडौं, ११ मङ्सिर । नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी… 



