
पोखरा, १३ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेस गरिएको छ ।
प्रदेशसभाको विशेष अधिवेशनअन्तर्गत सोमबार बसेको प्रदेशसभाको बैठकको सुरुमै प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस संसदस्य दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले अविश्वासको प्रस्ताव पेस गरेका हुन् ।
अविश्वासको प्रस्ताव पेस गर्दै काँग्रेसका पोखरेलले मुख्यमन्त्री गुरुङले प्रदेशको विकास गर्न नसकेको आरोप लगाए । करिब दुइतिहाई नजिकको सरकारले जनभावना विपरीत काम गरेको भन्दै यसको असर प्रदेशमा परेकोले आफूहरु बाध्य भएर अविश्वासको प्रस्ताव पेस गरेको उनको भनाइ छ ।
माओवादी सहितको समर्थनमा अविश्वासको प्रस्ताव दर्ता गरिएको र राष्ट्रिय जनमोर्चाले पनि अविश्वासको प्रस्तावको पक्षमा मत दिने पोखरेलको दाबी छ । तत्कालिन माओवादी केन्द्रको समर्थनमा गुरुङ मुख्यमन्त्री निर्वाचित भएका थिए ।
नेकपा एकता भंग भएसँगै माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरी अविश्वासको प्रस्ताव दर्ता गरेको हो । संसदको अर्को बैठक वैशाख १४ गते दिउँसो १२: १५ बजेलाई बोलाइएको छ ।






काठमाडौं, ११ मङ्सिर। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।…
कर्णाली, ११ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी…
काठमाडौं, ११ मङ्सिर। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न…
काठमाडौं, ११ मङ्सिर । नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी… 



