
काठमाडौं, १९ वैशाख । अन्तरराष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगितामा बङ्गालादेशकी इभान्जेलिना बल प्रथम भएका छन् । गैरआवासीय नेपाली सङ्घको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समिति र अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)का आयोजनामा सम्पन्न प्रतियोगितामा जापानका अभिनव गिरी द्वितिय र पोर्चुगलकी मानस्वी खरालले तेस्रो स्थान हासिल गरेका छन् ।
विजेता बलले एक हजार डलर, द्वितीय गिरीले पाँच सय डलर र तृतीय खरालले तीन सय डलर पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा अङ्ग्रेजी भाषा कविताको विधातर्फ उत्कृष्ट हुँदै अमेरिकाकी ओजस्वी पसछेले दुई सय डलरको पुरस्कार जितेका हुन ।
अनेसासका अध्यक्ष प्रकाश माइलाका कार्यक्रममा अध्यक्षतामा भएको कार्यक्रममा विजेता सबैलाई नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बधाई दिँदै दोस्रो पुस्ताका गैरआवासीय नेपालीले नेपाली भाषा, साहित्य र संस्कृतिलाई अनुसरण एवं प्रवद्र्धन गर्न विशिष्ट भूमिका खेल्नुपर्ने बताए । मूल्याङ्कन समितिका तर्फबाट प्रज्ञा –प्रतिष्ठान, काव्य विभाग प्रमुख प्रा डा हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौडेलले अङ्ग्रेजी भाषाका प्रतियोगीमध्येबाट पुरस्कृत नामको घोषणा गरेका थिए ।
साहित्यकार अशेष मल्ल, दिनेश अधिकारी, प्रकाश सायमी, डा विन्दु शर्मा र केशव सिग्देल (नेपाल), रवीन शर्मा र प्रवीणा बराल (जापान), गोवद्र्धन पूजा र हिमांशुनिभा कुँवर (अमेरिका), तीर्थसङ्गम राई (कतार), गणेश खड्का (अफ्रिका) र इसिका अधिकारी (युरोप)ले पनि आआफ्ना कविता वाचन गरेका थिए ।
प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला संयोजकत्वको मूल्याङ्कलन समितिका छनोटमा परेका अन्तिम चरणका अंशु सुवाल, आगत खरेल, गङ्गा फुयाँल, सौगात पराजुली, समृद्धि नेपाललगायतले नेपाली र मारिया अधिकारी, प्रेमा पौड्याललगायतले अङ्ग्रेजीमा कविता वाचन गरेका थिए ।






काठमाडौं, ११ मङ्सिर। साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ ।…
कर्णाली, ११ मङ्सिर। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष फुटबल खेलमा कोशी प्रदेश विजयी…
काठमाडौं, ११ मङ्सिर। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्न…
काठमाडौं, ११ मङ्सिर । नेपाल पूँजीबजार लगानीकर्ता संघले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी… 



