
काठमाडौं, १० जेठ । काठमाडौं उपत्यकामा निषेधाज्ञा एक हप्ता थप्ने तयारी गरिएको छ । कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि उपत्यकाका तीनवटै जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञालाई लम्ब्याउन लागिएको हो ।
हाल जारी रहेको निषेधाज्ञाको समय जेठ १३ गते राति सकिने भएकोले एक हप्ता थप्न लागिएको काठमाडाैंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बताएका छन् । उनका अनुसार थप कडाईका साथ निषेधाज्ञा थप्न लागिएको छ ।
निषेधाज्ञाको बारेमा तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बस्ने बैठकले निर्णय गर्ने बताईएको छ । यसपटक थपिएको निषेधाज्ञामा अत्याबश्यक कामम बाहेक अन्य मानिसहरुलाई घरबाट बाहिर निस्कन नदिने र थप कडाई गरिने भएको छ ।






म्याग्दी, ११ मङ्सिर। सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरले म्याग्दीमा निर्माण गरेको…
खोटाङ, ११ मङ्सिर। किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा…
काठमाडौं, ११ मङ्सिर । हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान…
बागलुङ, १० मंसिर । बागलुङको बडिगाड गाउँपालिकाबाट जन्मजात जटिल स्वास्थ्य समस्या देखिएका एक नवजात शिशुको… 



