
काठमाडौं, १९ भदौ । ललितपुरमा आज बिहान ४ बजेदेखि राति १० वजेसम्म कर्फ्यू लागु भएको छ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टका अनुसार बल्खुपुल देखि मनोहरा पुलसम्मको चक्रपथ क्षेत्रमा कर्फ्यू लागु गरिएको हो ।
स्थानीय युवाहरुले रथयात्रा गर्ने क्रममा बिहीबार प्रहरीसंग झडप भएपछि थप हिंसा भड्किन सक्ने भन्दै आजका लागि जिल्ला प्रशासन कार्यालय ललितपुरले कर्फ्यू लगाएको हो ।
रथ यात्राको बेला बिहीबार भएको झडपमा सुरक्षाकर्मीसहित केहि मानिस घाईते भएका थिए । भिडलाई नियन्त्रण गर्नको लागि प्रहरीले केहि सेल अश्रु ग्याँस प्रहार गरेको थियो । झडपमा एकजना ट्राफिक प्रहरी जवानलाई आक्रोशित भीडले आक्रमण गरेको थियो । आक्रमण गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय ललितपुरले कोरोना नियन्त्रणको लागि लगाएको निषेधाज्ञा जस्तो कर्फ्यू खुकुलो नभएको बताएको छ । कर्फ्यू उलंघन गरे सुरक्षा अधिकारीलाई गोली हान्न समेत आदेश दिइएको छ ।







काठमाडाैं, १० मङसिर । कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले आज मंसिर १० गते (२६ नोभेम्बर २०२६)…
पाल्पा, १० मङ्सिर। निरन्तरको मेहनत, व्यावसायिक लगनशीलता र स्थानीय स्रोतसाधनको सदुपयोगबाट उद्यममा सफलता हासिल गरेका…
काठमाडाैं, १० मङ्सिर । चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि कात्तिकसम्मको चार महिनामा नेपालको कुल…
काठमाडौं, १० मङ्सिर। हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले… 



